स्वास्थ्य क्षेत्रको सर्वोच्च पद उपकुलपति– डा. बुद्धिबहादुर थापा


 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्– डा. बुद्धिबहादुर थापा । स्वास्थ्य, शिक्षा क्षेत्रको प्राज्ञिक सर्वोच्च पद उपकुलपतिमा आसिन छन् अहिले उनी । अहिले एम.बी.बी.एस. स्नाकोत्तरको कक्षा संचालनको तयारीमा जुटेका छन् उपकुलपति डा. थापा । ६ विषयमा निकट भविष्यमै पढाई हुँदैछ पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा । पाएको जिम्मेवारी कर्तव्यपरायणता पूर्वक अहोरात्र खटेका छन् उपकुलपति डा. थापा । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको हातामा क्रमशः भौतिक तयारी गरी थप विषय र विशेषताको पढाई थप्ने सोचमा छन् उनी । स्वास्थ्य प्रतिष्ठान सञ्चालन गर्न ३०० बेडको अस्पताल आवश्यक पर्छ । सरकारले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदा आवश्यक तयारी गर्न भने सजिलो भएको छ । 

डा. बुद्धिबहादुर थापाले स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका छन् । ०४१ सालमा मुस्ताङ जिल्लामा नेपाल सरकारको कर्मचारीका रुपमा खटिएका डा. थापाले ०५१ सालबाट पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा फिजिसियन डाक्टर भएर सेवा पु¥याए । ०६४ साल देखि ०७० सालसम्म सोही अस्पतालको मेडिकल सुपरिटेण्डेन भए । सरकारी सेवाबाट निवृत्ति पाईसकेका डा. थापालाई नेपाल सरकारले ०७२ फागुन १८ गने पोखरा स्वास्थ्य विज्ञान प्रतिठानको उप कुलपति बनाएर योग्यताको उचित रुपमा कदर गर्यो ।

वि.सं. २०१२ साल आषाढ ५ गते तनहुँ जिल्लाको तत्कालीन उदेनढुङ्गा गाउँपञ्चायत (हाल शुक्लागण्डकी नगरपालिका) मा जन्मिएका थापाका पिता स्व. कर्णबहादुर र माता शिवमाया थापा थिए । उनले गाउँकै निर्मल प्रा.वि. बाट कक्षा ५ पास गरे । आफ्ना पितासंगै भारतको आसाम पुगेर ८ कक्षा सम्म त्यहीँ पढे । त्यसपछि खैरेनी मा.वि. मा ९ र १० कक्षा पढे । ०२९ सालको एस.एल.सी. परिक्षामा बोर्ड थर्ड भएर आफ्नो विलक्षण प्रतिभा प्रर्दशन गरे थापाले । ९ कक्षामा पढ्दै गर्दा पिता कर्णबहादुरको देहावसानले उनलाई अकल्पनिय एवं ठूलो चुनौती सामना गर्नुपर्यो ।

एस.एल.सी. पास गरेपछि उनी थप अध्ययनका लागि काठमाण्डौको अमृत साइन्स कलेजमा ०३२ सालमा भर्ना भए । कोलम्बो प्लान अन्तर्गत एक नम्बरमा छनोट भै मित्र राष्ट्र भारतको विहार (हाल झारखण्ड) को राजेन्द्र मेडिकल कलेजमा पढ्न छात्रबृति पाए । 

डा. बुद्धिबहादुर थापासँग सामुदायिक अस्पताल, सरकारी अस्पताल र निजी अस्पताल सञ्चालन गरेको लामो एवं कुशल अुनभव छ । उनले आफू जन्मेको स्थान शुक्लागण्डकी नगरपालिकामा महायज्ञ गरी सामुदायिक अस्पताल खोल्न महत्वपूर्ण भूमिका खेले । अस्पताललाई सुविधा सम्पन्न बनाउन विभिन्न दातृ निकायसँग सहयोग तथा उपकरण मागे । अहिले शुक्लागण्डकी सामुदायिक अस्पताललाई नेपाल सरकारले जि.पी. कोइराला स्वाशप्रस्वाश राष्ट्रिय उपचार केन्द्र नामाकरण गरेको छ । डा. थापा ती पुराना दिनलाई स्मरण गर्दै भन्दछन्– सामुदायिक अस्पताल बनाउन जनताले डेढ करोडभन्दा बढी चन्दा दिएकोले त्यो इतिहासलाई जीवित राख्न त्यहाँ महायज्ञ किर्ति स्तंभ बनाउँदा राम्रो हुने भन्दै उनी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछन् ।

डाक्टर बन्नुअघि डेढ बर्ष माष्टर भई थापाले स्कुल पढाएका थिए । डा.थापाले पोखराका पुराना डाक्टर कुमार सम्शेर राणालाई प्रेरणाको श्रोत मान्दछन् । जीवनमा सबैभन्दा बढी खुसी कहिले हुनुभयो ? भन्ने प्रश्नमा डा.थापा भन्दछन्– जुन दिन मैले राती रेडियो नेपालबाट आफू एस.एल.सी. परिक्षामा बोर्ड थर्ड भएको समाचार सुनेँ त्यो दिन मेरो लागि जीवनमा सबैभन्दा ठूलो खुशीको दिन थियो । त्यस्तै अर्को खुसी कोलम्बो प्लानमा जान जब म १ नम्बरमा छनौट भएको थिएँ । डा. साबको जीवनमा बेलायतको रोयल कलेजबाट ँ।च्।ऋ।ए प्राप्त गरेको दिन अर्को खुशीको दिन थपियो ।

डा. बुद्धिबहादुर थापा विरामीलाई सेवा पु¥याउँदाको क्षणलाई वास्तवमा साँचो खुशी ठान्दछन् । वास्तवमा स्वास्थ्य क्षेत्र आत्मसन्तुष्टिको विषय हो । बिरामी सन्चो भएर आशिष दिँदाको क्षणलाई स्वर्णीम आनन्द मान्ने डा. थापा बालक र युवाले असहज, अकल्पनिय मृत्युवरण गरेको देख्दा आफ्नै पीडा सम्झन्छन् । गरिब तथा दलित बर्गले कहिलेकाहीँ औषधी उपचार गर्न नसकेको क्षण देख्नुपर्दा उनको मुटु भक्कानिन्छ । अहिले उनी पोखरामा नै स्वास्थ्य क्षेत्रमा स्नाकोत्तर पढाई गर्ने अवशर जुराईरहन पाउँदा बेग्लै आनन्द भएको महसुस गर्दछन् । 

स्वास्थ्य क्षेत्र अर्थात् अस्पतालमा टोकन सिस्टम आवश्यक छ । विमारी स्वयं लाइन बस्नुपर्ने अवस्था राम्रो होइन । सरकारी अस्पतालमा उपकरणहरु प्रशस्त मात्रामा हुन जरुरी छ । हामी यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिराखेका छौं । र सुविधा क्रमशः थपिरहेका छौं ।

०३० साल फागुन २४ गते हरीमाया संग बैवाहिक सम्बन्धमा गाँसिनुभएका डा.थापाका २ सुपुत्र सुदेश र मदन ःद्यद्यक् डाक्टर छन् । बुहारी रोहिणी पनि डाक्टर छिन् । परिवारका सबै सदस्य स्वास्थ्य क्षेत्रमा संलग्न छन् । स्वास्थ्य क्षेत्र अत्याधिक व्यापारिकरण हुन थालेकोमा चिन्ता व्यक्त गर्दै डा. थापा भन्दछन्– स्वास्थ्य क्षेत्र वास्तवमा सेवामूलक क्षेत्र हो । स्वास्थ्य क्षेत्र वास्तवमा सामाजिक मेडिसिन हो । उनले औषधी उपचार गर्ने क्रममा मनोवैज्ञानिक चिकित्सा सेवा पनि दिने गर्दछन् । विमारीका पृष्ठभूमि सोध्ने, खोज्ने गर्दछन् । विमारीलाई आत्मशान्ति प्रदान गर्न ढाडस दिन्छन् । मिठो बचन बोलेर, सक्दो सहयोग गरेर विमारीको मनोवल बढाउँछन् । ३२ बर्षसम्म स्वास्थ्य क्षेत्रमा सक्रिय डा. थापालाई नेपाल सरकारले जुन जिम्मेवारी प्रदान गरेको छ त्यो दायित्व पाउँदा उनी अत्यन्त खुशी छन् । तर पनि चाहे जत्तिको संख्यामा विद्यार्थी भर्ना गर्न नसक्दा पर्याप्त खुशी भने भेटन सकेका छैनन् । उनको योजना छ– हामी हरेक बर्ष विद्यार्थीको संख्या बढाउँदै लग्नेछौं । डा. थापाको विचारमा पोखरालाई नेपालकै स्वास्थ्य, शिक्षाको हव बनाउन सकिन्छ । अहिले नेपालको सुन्दर नगरी पोखरा अन्य मुलुकका विद्यार्थीहरुको आकर्षणको केन्द्र बनेको छ । जुन हामी सवैका लागि खुशीको विषय हो । 

डा. थापा नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष पनि थिए । उनी लायन्स क्लब अफ पोखराका पूर्व अध्यक्ष पनि हुन् । संसारका धेरै देश घुमेका डा. थापा पोखरा विश्वविद्यालयका सभासद थिए । डा. थापा जी.पि. अस्पतालको बोर्ड मेम्बर पनि हुन् । थुप्रै संघ संस्थामा उनी क्रियाशील छन् । जीवनलाई बरको रुखसंग तुलना गदै थापा भन्दछन्– मान्छेले आफ्नो उद्गम स्थललाई कहिल्यै विर्सन हुँदैन र संधै मलजल पनि गर्नुपर्दछ । आफ्नो ठाउँको, आफ्नो गाउँको विकासको लागि दत्तचित्त भएर लाग्नु पर्दछ । मलाई अर्को जन्ममा पनि मनुष्य हुने अवसर ईश्वरले दिएछ भने म प्रार्थना गर्छु म आफ्नो ठाउँको लागि केही गर्न सकुँ ।

डाक्टर हुनुको मज्जा के वेग्लै हुन्छ भन्ने प्रश्नमा डा. थापा भन्दछन्– मानवताको भावनाले प्रेरीत भएर डाक्टरले विमारीको सेवा गर्दा प्राप्त हुने आनन्दको वेग्लै मजा हुन्छ । 


पुस्तकको नामः व्यक्ति र व्यक्तित्व

लेखकको नामः रवीन्द्र माकाजू

ठेगानाः मालेपाटन, पोखरा

फोनः ९८१७१०७६२५

प्रकाशनः २०७७ आषाढ

पुस्तक डिजाइनः कृष्ण कम्प्युटर

(नोटः लेखकको अनुमतिविना कुनैपनि लेख कपी गर्न पाइने छैन । यदि त्यसो भएको पाईएमा कानुनबमोजिम कार्वाहि हुनेछ ।) 

धन्यवाद !!! 

Post a Comment

0 Comments